‘‘परिवर्तन”

राजनीतिक गर तर फोहोरी खेल नगर
बरु आफै अघि बढ्ने गर अरुको भर नपर
कुर्लेर बोल बलले कहिल्यै नबोल
कुच्चो समात्नु परे पनि सान पाल

हेर्ने होइन स्वार्थ अब आफ्नो मान्छे मात्र
समाबेसी बन अघि बढ्नुछ क्षमतावान पात्र
कुर्लेर बोल बलले कहिल्यै नबोल
कुच्चो समात्नु परे पनि सान पाल

व्यक्तिबादी होइन एउटा सिद्धान्तमा लाग
समाज देश बनाउनुछ आफ्नो सिप,कला लिएर जाग
कुर्लेर बोल बलले कहिल्यै नबोल
कुच्चो समात्नु परे पनि सान पाल

पार्टी भित्र सँधै सताई रहन्छ यो गुटबन्दि
आझै सोच्ने गर पछुताउनु पर्ला लाग्नेछ मन्दी
कुर्लेर बोल बलले कहिल्यै नबोल
कुच्चो समात्नु परे पनि सान पाल

प्रजातान्त्रिक बन राष्ट्रियता जोगाउ
सक्षम बन राष्ट्रनिर्माणमा लगाउ
कुर्लेर बोल बलले कहिल्यै नबोल
कुच्चो समात्नु परे पनि सान पाल

अब गर्छु सेवा आफ्नै गाउ घरको
संकल्प लिएकोछु छोड्ने दुर्गन्धित सहरको
कुर्लेर बोल बलले कहिल्यै नबोल
कुच्चो समात्नु परे पनि सान पाल

रचना: नबिन कार्की
मिति : २८ / १२ / २०२०

Comment